प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाइ सकियो

होमल्याण्ड खबर

२०८२ माघ १९ गते, आईतवार १६:४० मा प्रकाशित

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको २५ जिल्लाको मतपत्र छपाइ सकिएको जनाएको छ ।

आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाइको काम सकिएको जानकारी दिए ।

प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको बताए । अहिले दैनिक १२ देखि १५ लाखको हाराहारीमा मतपत्र छपाइ हुँदै आएको आयोगले जनाएको छ ।