सुन तोलाको १३ हजार ४ सयले घट्यो

होमल्याण्ड खबर

२०८२ माघ २० गते, सोमबार १०:५९ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३००  रुपैयाँले घटेर तोलाको ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो ।