संसद् भवन अगाडि जेन-जी शहीदहरूको सालिक राखिने

होमल्याण्ड खबर

२०८२ माघ २२ गते, बुधबार ११:४९ मा प्रकाशित

सरकारले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक बनाउने भएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सालिक बनाउने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई यसअघि शहीद घोषणा गरेको थियो।