२२ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । चुनावी अभियानका लागि उनी बिहीबार दिउँसो चितवन पुगेका हुन् ।
लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्नेछन् ।


माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका लामिछानेको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ‘डिस्चार्ज’पछि उनी घरमा आराम गरिरहेका थिए ।
लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् ।