डा. वामदेवको उपन्यास ‘कमला’ लोकार्पित

होमल्याण्ड खबर

२०८२ माघ २८ गते, मंगलवार १६:३२ मा प्रकाशित

डा. वामदेव सिग्देलद्वारा लिखित उपन्यास ‘कमला’ लोकार्पण गरिएको छ । हालै काठमाडौंमा आयोजित कार्यक्रममा डा. तुलसी भट्टराई, पद्मावती सिंह, भागीरथी श्रेष्ठलगायत साहित्यकारले उपन्यास सार्वजनिक गरे ।

कार्यक्रममा डा. भट्टराईले उपन्यासको विविध पक्षमाथि चर्चा गर्दै नेपाल र अमेरिका दुवै देशको यथार्थ चित्रण गर्नु सक्नु उपन्यासकारको सबल पक्ष भएको बताए ।

समाजशास्त्री सम्झना वाग्ले भट्टराईले उपन्यासको चर्चा गरिन् । उपन्यासकार डा. सिग्देलले लेखकीय धारणा राखे ।

उपन्यास सुन्दर स्वदेश पब्लिेकसनले प्रकाशन गरेको हो ।