२४ श्रावण २०८३, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन सम्बन्धी मुद्दामा पहिलो सुनुवाइका लागि अदालत पुगेका हुन्।
उक्त मुद्दामा लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। आजको सुनुवाइमा उनीसँग पार्टीका केही नेता र कार्यकर्ताहरू पनि उपस्थित थिए।

