एमालेकाे झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने अखिलको चेतावनी

होमल्याण्ड खबर

२०८२ फाल्गुन ८ गते, शुक्रबार १४:१७ मा प्रकाशित

नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएर लोकतान्त्रिक मूल्य-मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्‍याएको बताएको छ ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीले विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन् ।

घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अखिलको माग छ ।

‘सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ’, धामीले भनेका छन् ।