२२ फाल्गुन २०८२, शुक्रबार
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन्।


उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला। स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला।’
उनले निर्वाचनको लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए। ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन्। युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने।
उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए।