०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको यस्तो छ निर्णय

होमल्याण्ड खबर

२०८२ फाल्गुन १३ गते, बुधबार १५:२१ मा प्रकाशित

सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

‘वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने,’ उनले भने ।

यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।