पुकार बमको दावी – निर्वाचनको नतिजा रास्वपाकै पक्षमा आउँछ

होमल्याण्ड खबर

२०८२ फाल्गुन १४ गते, बिहीबार १३:३० मा प्रकाशित

काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफू निर्वाचनमा होमिएको बताएका छन्। बिहीबार घरदैलोका क्रममा रास्वपा उम्मेदवार बमले देशमा नै भविष्य खोजेका युवाहरूका लागि उचित वातावरण बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न आफू निर्वाचनमा होमिएको बताएका हुन् । आफ्नो क्षेत्रलाई सम्पदा पर्यटनको क्षेत्र बनाउने र विगतदेखि नै काठमाडौं–४ ले भोगिरहेको अन्याय अन्त्य गरिने उनको भनाइ छ ।

बमले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरू उत्साहित रहेको र रास्वपालाई पाँच वर्षका लागि सरकार बनाउन सहयोग गरिरहेकाले आफ्नो पक्षमा नजिता आउने विश्वास व्यक्त गरे।

काठमाडौं क्षेत्र नम्बर–४ मा रास्वपा उम्मेदवार बमका साथै एमालेबाट राजन भट्टराई, कांग्रेसबाट सचिन तिमल्सिना, नेकपाबाट इन्द्र कुमार भुसाल, राप्रपाबाट सुरेन्द्र भण्डारी लगायत २८ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् भने कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका गगन कुमार थापा विजयी भएका थिए।