२२ फाल्गुन २०८२, शुक्रबार
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चीनसँग सिमाना जोडिएको कोरला नाका तीन दिन बन्द गरिने भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ राति १२ देखि २१ गते राति १२ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने बताए ।


समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रका स्थानीयलाई समेत उक्त अवधिमा बस्तीमा जान अनुरोध गरिएको छ ।