स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटीभीसहित मतगणनास्थल तयार

होमल्याण्ड खबर

२०८२ फाल्गुन २० गते, बुधबार ०९:३० मा प्रकाशित

यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जामा मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा फरक–फरक स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला समन्वय समितिको हल) मा हुनेछ भने क्षेत्र नम्बर–२ को मतगणना क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय (वालिङ् नगरपालिकाको कार्यालय) को हलमा गरिने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन विशेष प्रबन्ध गरिएको छ । मतगणकहरूलाई जालीभित्र राखेर सीसीटीभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ । उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी बस्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।