२४ फाल्गुन २०८२, आईतवार
बिहिबार भएको प्रतिनिधिसभाको चुनावको परिणाम आइरहेका बेला २३ र २४ भदौको जेनजी आन्दोलनको मानवीय, भौतिक क्षतिको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाएका हुन्।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार कार्कीले प्रतिवेदन बुझाइसकेका छन्।
गत ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगलाई शुरुमा तीन महिनाको कार्यादेश दिइएको थियो। आयोगले काम पूरा गर्न नसकेपछि सरकारले तीन पटक म्याद थपेको थियो ।