रास्वपाले कटायो समानुपातिकमा ५० लाख, अन्य दलको कति?

होमल्याण्ड खबर

२०८२ फाल्गुन २६ गते, मंगलवार १३:१० मा प्रकाशित

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा ५० लाख मत कटाएको छ । मंगलबार विहान १० बजेर ५० मिनेट जाँदासम्म १ करोड ४ लाख २४ हजार मत गणनाहुँदा आधा मत रास्वपाले पाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले १६ लाख ९३ हजार मत ल्याउँदा,  एमालेले १४ लाख ११ हजार मत ल्याएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६७ हजार मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ९०९ मत ल्याएको छ ।

त्यसैगरी राप्रपाले ३ लाख २४ हजार मत ल्याएको छ । अन्य पार्टीले तीनप्रतिशत थ्रेसहोल्ड कटाउन सकेको छैनन् ।