कर्णालीका ८ निर्वाचन क्षेत्रमा रास्वपाको जमानत जफत

होमल्याण्ड खबर

२०८२ फाल्गुन २७ गते, बुधबार १२:५२ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनमा देशभर रास्वपाको लहर चलिरहँदा कर्णालीका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले धरौटी समेत बचाउन सकेनन् ।

१२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले १२ निर्वाचन क्षेत्रमध्ये चार निर्वाचन क्षेत्रमा मात्र धरौटी जोगाएका छन् । यद्यपि समानुपातिकमा रास्वपा कर्णालीमा दोस्रो ठुलो दल बनेको छ

सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा विजयी निकालेको रास्वपाले सुर्खेत २ र दैलेख १ र सल्यानमा मात्र धरौटी जोगाएको छ । बाँकी सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको धरौटी जफत भएको छ । सुर्खेत २ मा रास्वपाका रमेश कुमार सापकोटा विजयी हुँदा सल्यानमा ललितबहादुर चन्द्र दोस्रो भए ।

सुर्खेत १ मा रास्वपाका टेकबहादुर सिंह र दैलेख १ मा नन्द किशोर बस्नेत तेस्रो हुँदा बाँकी आठ निर्वाचन क्षेत्रमा धरौटी जोगाउन सकेनन् ।

जुम्लामा विनीता कठायतले ४२१, हुम्लामा टासी ल्हान्जोमले एक हजार ६४, डोल्पामा देवसिंह ऐडीले १८१, मुगुमा भुवन टमट्टाले ५३०, कालिकोटमा प्रकाश न्यौपानेले तीन हजार १०१, दैलेख १ मा बखतबहादुर शाहीले छ हजार ७९७, रुकुम पश्चिममा मानबहादुर शाहीले चार हजार ७६ र जाजरकोटमा राधव कार्कीले दुई हजार ४७१ मत प्राप्त गरे ।

यी सबै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारले जमानत जफत गराएका छन् ।