केही दिनदेखि काठमाडौं उपत्यकामा वायुप्रदूषण

होमल्याण्ड खबर

२०८२ फाल्गुन २८ गते, बिहीबार १५:४३ मा प्रकाशित

काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा प्रदुषणको तह बढेको छ।

वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु इयरका अनुसार हाल काठमाडौँ उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये दोस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दा वायुको गुणस्तर घटेको बताइएको छ।