३ चैत्र २०८२, मंगलवार
आइतवारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका(१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ । भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् ।
आइतवार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् । ३८ वर्षीया मायाको आइतवार बेलुका र ११ वर्षीया आशाको मंगलवार बिहान शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।


मायाको शव लेकबेशी नगरपालिका(३ को पटारेमा र आशाको गुर्भाकोट( १३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए । ‘बेपत्ता आमा र छोरीको लास भेटिएको र पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको उनले जानकारी दिए ।