कांग्रेसको कार्यसम्पादन बैठक बस्दै, चुनावी समीक्षा गर्ने

होमल्याण्ड खबर

२०८२ चैत्र ४ गते, बुधबार १५:४६ मा प्रकाशित

नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।

निर्वाचनपश्चात् पहिलोपटक आइतबार बसेको कांग्रेसको बैठकले समानुपातिक सांसद छनोट गरेको थियो ।

त्यसपश्चात यो दोस्रो बैठक आह्वान गरिएको हो । फाल्गुन २१ भएको निर्वाचनबारे जिल्लागत रिपोर्ट संकलन गरिरहेको कांग्रेसले बैठकमा निर्वाचनको समीक्षा गर्ने उनले बताएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।