एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?

होमल्याण्ड खबर

२०८२ चैत्र ८ गते, आईतवार ११:०० मा प्रकाशित

 स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  ।

शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।