नेविसंघमा दुई चिरा

होमल्याण्ड खबर

२०८२ चैत्र ८ गते, आईतवार १३:५२ मा प्रकाशित

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा दुई चिरा देखिएको छ ।

सभापति दुजाङ शेर्पा समूहले पार्टीबाट स्वतन्त्र हुने निर्णय लिएलगत्तै अर्को समूहले आइतबार महामन्त्री गुरू घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

पार्टीमा देखिएको विवाद कांग्रेस भातृ संगठनको रूपमा रहेको नेविसंघमा समेत स्पष्ट देखिएको छ ।

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन भए पनि शेर्पा लगायत नेविसंघका पदाधिकारीले नयाँ नेतृत्वलाई समर्थन गरेका छैनन् ।