रवि लामिछानेले नियमित तारेख धाउन नपर्ने

होमल्याण्ड खबर

२०८२ चैत्र ११ गते, बुधबार १५:४९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अब कास्की जिल्ला अदालतमा नियमित तारेखमा उपस्थित हुन नपर्ने भएको छ ।

जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठले आवश्यक परेमा मात्र उपस्थित हुनुपर्ने सुविधा प्रदान गरेका हुन् ।

लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन छ ।  गत पुसमा उनी ६५ लाख धरौटीमा रिहा भएका थिए ।

अदालतका अनुसार, लामिछानेले चाहनु भएमा मात्र अदालतले बोलाएको बखत उपस्थित हुनुपर्नेछ ।

सूर्यदर्शन सहकारी प्रकरणमा कुल ६३ जना प्रतिवादी छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले १ अर्ब ५१ करोड बिगो माग गर्दै पूरक अभियोग दायर गरेको थियो ।