गणतन्त्र अन्तर्गत जसले जिते पनि प्रचण्डले जितेको हुन्छ: प्रचण्ड

होमल्याण्ड खबर

२०८२ चैत्र १२ गते, बिहीबार १६:३४ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले गणतन्त्रमा जसले जिते पनि आफ्नो जितका रुपमा लिएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खुशी जनाएका हुन्। ‘नयाँ संविधान र गणतन्त्र अन्तर्गतको यो विजयलाई मैले सकारात्मक रुपमा हेरेको छु,’ उनले भने।

उनले जितको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई पनि दिए। ‘शान्तिपूर्ण रुपले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन सम्पन्न भएको छ, म खुशी छु,’ उनले भने, ‘जो साथीहरूले बहुमत लिएर सरकार बनाउँदै हुनुहुन्छ, वहाँहरूलाई बधाई र शुभकामना भन्न चाहन्छु।’

सरकारले राम्रा कामका सहयोग गर्ने बताए। ‘सकारात्मक काम, रचनात्मक कामको निम्ति सहयोग रहन्छ,’ उनले भने।

वामपन्थी दल जिन्त नसकेको र रास्वपाले बहुमत लिएको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसको जवाफमा प्रचण्डले भने, ‘गणतन्त्र अन्तर्गत जसले जिते पनि प्रचण्डले जितेको हुन्छ।