२४ श्रावण २०८३, आईतवार
श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की दिने एक व्यक्तिविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।
अध्यक्ष साम्पाङका अनुसार, एक टिकटकरले भिडियो सन्देशमार्फत उनलाई भौतिक आक्रमण गर्ने र ज्यान लिने चेतावनी दिएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि साम्पाङले कानुनी उपचारको बाटो रोजेका हुन्।

