मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिन रातको समयमा बन्द हुने

होमल्याण्ड खबर

२०८२ चैत्र १७ गते, मंगलवार ११:०० मा प्रकाशित

मुग्लिन–नागढुंगा सडक आज (चैत १७) देखि तीन दिन रातको समयमा बन्द हुने भएको छ । चितवनको  इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण सो क्षेत्रमा रातको समयमा ६ घण्टा बन्द गरिने भएको छ ।

पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजे बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।