कांग्रेसले संसदीय दलको नेता छान्न चैत २४ गते निर्वाचन गर्ने

२०८२ चैत्र २० गते, शुक्रबार १६:२२ मा प्रकाशित<

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको उक्त मिति तय गरेको हो । यसका लागि सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति पनि गठन भएको छ ।

दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बेलगायत नेताको दाबी रहेको छ ।