१० बैशाख २०८३, बिहीबार
प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।
रविको प्रस्तावमा डा. स्वर्णिम वाग्लेले समर्थन जनाएका छन् ।


शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आजको प्रतिनिधि सभा बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।