१० बैशाख २०८३, बिहीबार
रास्वपाका सांसद डोलप्रसाद अर्यालय सर्वसम्मत रुपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन्।
आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।


बैठक सुरु हुनासाथ केसीले सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न सयम दिएका थिए।
त्यसपछि लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे। लामिछानले अर्याललाई सर्वसम्मत गर्न अन्य राजनीतिक दलबाट सहयोग भएको भन्दै धन्यवाद दिए।
त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम सहितले लामिछानेको प्रस्तावको समर्थन गरे।
त्यसक्रममा वाग्लेले डीपी अर्याल सभामुखको लागि उपयुक्त पात्र भएको बताए। उनले सभामुखमा निर्विरोध निर्वाचित हुन सहयोग गरेको भन्दै अन्य दललाई बधाई दिए।
अर्यालले यसअघिको संसद्मा पनि सांसद र मन्त्रीसमेत बनेर आफ्नो क्षमता देखाइसकेको भन्दै अर्यालय अनुभवी भएको बताए। ‘उहाँले संसद्को अभिभाव भएर जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने।
विगतमा सभापति र पार्टीमाथि प्रहार हुँदा अर्याल र आफूले उससभापतिको रुपमा पार्टीलाई हाँकेको स्मरण गरे। मध्यम वर्गीय संघर्षबाट ओलप्रोत भएको जीवन गाथा अर्यालमा रहेको उनले बताए।
‘तटस्थतामा खरो सावित हुने विश्वास मैले लिएको छ,’ वाग्लेले भने, ‘कुनै दलीय आवद्धता नराखी त्याग गरेर जिम्मेवारी लिनुपर्ने पद हो यो। त्यसमा डीपी अर्यालय खरो सावित हुने विश्वास हामीलाई छ।’
कानुनमन्त्री गौतमले अबको संसद् समस्या उन्मुख हुनुपर्ने बताइन्। ‘अब बहस र भाषणले मात्र नहुने भन्दै बहसहरु जनउत्तरदायी भएर गरिनुपर्छ,’ उनले भनिन्।
अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरि बैठक स्थगित भएको छ।