१० बैशाख २०८३, बिहीबार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई अब पाँचौँ स्थानमा राखिएको छ । यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।


