उषा खड्गीको जाहेरीमा जीपी तिमल्सिना पक्राउ

होमल्याण्ड खबर

२०८२ चैत्र २४ गते, मंगलवार १७:०० मा प्रकाशित

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल उषा खड्गीले जाहेरी दिएपछि जीपी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिषर भक्तपुरमा उषाले सोमबार जीपीविरुद्ध जाहेरी दिएकी थिइन् । परिसरका डीएसपी प्रकाश जबेगुले जीपी आज पक्राउ परेको जानकारी दिए ।

उषा खड्गीले तिमिल्सिनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएकी थिइन् । केही दिनअघि खड्गीले सामाजिक सञ्जालमार्फत पूर्वपतिजिरुद्ध अभद्र व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।

उषा र जीपीको सबन्धविच्छेद भइसकेको छ । तर, उनीहरू एकै घरमा बस्दै आएका छन् ।