उपसभामुखमा श्रम संस्कृतिको उम्मेदवारलाई रास्वपाको पनि गर्‍यो समर्थन

होमल्याण्ड खबर

२०८२ चैत्र २६ गते, बिहीबार १४:२१ मा प्रकाशित

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवि कुमारी ठाकुर निर्वाचित हुने लगभग पक्का भएको छ । २५ वर्षीया रुवीले उम्मेदवारी दर्तासमेत गरिसकेकी छिन् । उनलाई संसद्मा बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ ।

रास्वपा प्रवक्ता मनिष झाले भने, ‘श्रम संस्कृति पार्टीका सासंद माननीय रुवि कुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ। यसको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहनुहुनेछ ।’

यसअघि श्रम संस्कृतिका उम्मेदवारलाई कांग्रेस र एमालेले पनि समर्थन गर्ने जनाइसकेका छन् ।

संवैधानिक परिषद्को सदस्यसमेत रहने उपसभामुख पद महत्त्वपूर्ण मानिन्छ ।