श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउन सभापति लामिछानेकाे पत्र

होमल्याण्ड खबर

२०८२ चैत्र २६ गते, बिहीबार १६:०४ मा प्रकाशित

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई सिफारिस गरेका छन् ।

केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिस गरेको थियो ।

साेही सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सिफारिस गरेका हुन् । 1000188392-1775729232.jpg