१० बैशाख २०८३, बिहीबार
प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पिएचडि) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो ।
सरकारको चैत्र २२ गतेको निर्णय अनुसार बुढा र खत्रीलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।

