१० बैशाख २०८३, बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय भएको छ। शुक्रबार सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय भएको प्रवक्ता मनिषा झाले जानकारी दिए।
प्रतिनिधिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी दर्ता भएको छ।


उपसभामुखका लागि आज निर्वाचन हुँदैछ। आज बेलुकी ४ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने कार्यसूची तय भएको छ।