श्रमको उचित प्रतिफल तोक्दै युवालाई आशावादी बनाऔँ : राष्ट्रपति पौडेल

होमल्याण्ड खबर

२०८२ चैत्र २७ गते, शुक्रबार १६:०१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले निराश जनशक्तिबाट मुलुकको प्रगति नहुने भन्दै युवालाई आशावादी बनाउन सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।

संयुक्त संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् । राष्ट्रपति पौडेलले युवालाई स्वेदेशमै बस्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।

रोजगारीका नयाँ अवसर खोजी, बजारको मागअनुसारको जनशक्ति  र शैक्षिक प्रणालीमा सुधार गर्दै युवा पलायन रोक्नुपर्ने उनको भनाइ छ ”रोजगारीका नयाँ अवसर खोजी गर्ने, बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुनेगरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नै देश र आफ्नै गाउँमा बसौँ–बसौँ बनाउनुपर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिनेछ,” उनले भने ।

राष्ट्रपति पौडेलले श्रमको उचित प्रतिफलको वातावरण सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन् ।