१० बैशाख २०८३, बिहीबार
नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल नतिर्ने उपभोक्ताविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।
यसअघि विभिन्न मितिमा सार्वजनिक सूचना जारी गर्दै किस्ताबन्दी सुविधासहित महसुल तिर्न आग्रह गरिए पनि केही उपभोक्ताले मात्र भुक्तानी सुरु गरेका छन् ।


तर, धेरैजसो उपभोक्ताले नियमित महसुल मात्रै तिर्दै बक्यौता रकम नतिरेको पाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अब किस्ताबन्दी सुविधा लिएका तथा नलिएका सबै उपभोक्तालाई सम्बन्धित अदालतबाट अन्तरिम आदेश लिएकाबाहेक अनिवार्य रूपमा बक्यौता महसुल तिर्न आग्रह गरेको छ ।
तोकिएको समयभित्र भुक्तानी नगरे प्रचलित विद्युत महसुल संकलन विनियमावली) २०७६ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
सिमरा वितरण केन्द्रका अनुसार हुलास स्टिलले २८ किस्ताबन्दी सुबिधामध्ये २ किस्ता (प्रति किस्ता ५ लाख ४३ हजार ६७५ ) बापत १ करोड ८६ लाख १३४ रुपैयाँ भुत्तानी गरेको छ । यो कम्पनीले १४ करोड १२ लाख ५ हजार रुपैयाँ तिर्न बाँकी थियो ।
यस्तै सिमराकै अशोक स्टिलले २८ किस्ताबन्दीमध्ये २ किस्ता (प्रति किस्ता ६३ लाख ) बापत १ करोड २६ लाख भुत्तानी गरेको छ । अशोक स्टिलको १७ करोड ५८ लाख रुपैयाँ बक्यैता बाँकी थियो ।
यता, हामा आईरन कम्पनीले २ करोड ८९ लाख ९७५ बापत २ किस्ता प्रति किस्ता ४१ लाख ७९ हजार ८५४ भुत्तानी गरेको छ । हामाको ५ करोड ८५ लाख भुक्तानि बाँकी थियो ।
यस्तै जगदम्बा स्टिलले पहिलो किस्ता बापत ५ करोड ७२ लाख ८,६८३ भुत्तानी गरेको छ । प्राधिकरणले यो कम्पनीको मात्र ४ अर्ब १४ करोडको बक्यौता दाबी गरेको थियो ।
