प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ

होमल्याण्ड खबर

२०८२ चैत्र २९ गते, आईतवार ११:२९ मा प्रकाशित

प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको अभियोगमा पाँचथरमा एक युट्युवर पक्राउ परेका छन् ।

नामक युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको भन्दै रोशन पोखरेल पक्राउ परेका हुन् ।

फाल्गुनन्द गाँउपालिका–७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले रोशनलाई पक्राउन गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

पोखरेलले शाह प्रधानमन्त्री हुनुअघि आफ्नो च्यानलमा पोष्ट गरेको भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन् ।