१० बैशाख २०८३, बिहीबार
गृहमन्त्री सुधन गुरुङ ले ‘पिर्के सलामी’ नलिने निर्णय गरेका छन्। आइतबार नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा पुगेर उनले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
औपचारिक स्वागत र निरीक्षण कार्यक्रमका क्रममा गृहमन्त्री गुरुङले आफूले अबदेखि ‘पिर्के सलामी’ ग्रहण नगर्ने निर्णय गरेको स्पष्ट पारेका हुन्। सुरक्षा निकायमा विद्यमान परम्परागत प्रोटोकलबारे पुनर्विचार आवश्यक रहेको संकेत दिँदै उनले सरल र व्यावहारिक शैली अपनाउनुपर्ने धारणा व्यक्त गरेको बुझिएको छ।


उनको यो निर्णयपछि सुरक्षा निकायको औपचारिक प्रोटोकल र परम्परागत सम्मान प्रणालीबारे पुनः छलफल सुरु हुने अपेक्षा गरिएको छ।