संसद्‌मा आज हुने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

होमल्याण्ड खबर

२०७५ पुष १९ गते, बिहीबार १३:४८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

अन्तिम समयमा आएर बोल्नका लागि तयारी नपुगेको भन्दै प्रधानमन्त्री ओलीले आज सम्बोधन नगर्ने जानकारी आएको संसद् सचिवालय जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

आजको बैठकमा कृषि मन्त्री चक्रपाणि खनालले ‘जैविक विषादी व्यवस्थापन विधेयक, २०७५ पेश गर्ने र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री भानुभक्त ढकालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालले जनाएको छ ।