३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीलाई शपथ कारागार लगिएको छ । निर्वाचित भएको एक वर्षपछि आज शपथ ग्रहण गरेका चौधरीलाई सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ खुवाएपछि पुनः जेल चलान गरिएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरी जेलमै थिए । उनलाई शपथका लागि आजै जेलबाट सिंहदरबार ल्याइएको थियो । सिंंहदरबारस्थित संसद् सचिवालयमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
टीकापुर घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । घटनापछि फरार रहँदै आएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनलाई पूर्पक्षका लागि कैलालीको धनगढी कारागारमा राखिएको थियो । पछि अदालतमै अनसन बसेपछि उनलाई काठमाडौं ल्याएर कारागारमा राखिएको थियो ।