१६ बैशाख २०८३, बुधबार
वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ। उनको मंगलबार निधन भएको हो । उनको निधनप्रति चलचित्र विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।
बोर्डले आफ्नो शोक विज्ञप्तिमा शेर्पालाई एक सरल, मेहनती र सबै कलाकर्मीका प्रिय व्यक्तित्वका रूपमा स्मरण गरेको छ। उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको बोर्डको ठहर छ।

