शेखर गोल्छालाई अझै तीन दिन हिरासतमा राखिने

होमल्याण्ड खबर

२०८३ बैशाख १७ गते, बिहीबार १६:५३ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष शेखर गोल्छालाई अझै तीन दिन हिरासतमा राखिने भएको छ ।

काठमाडौं जिल्ला अदालतले थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो

उनी गत वैशाख १० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्सालबाट पक्राउ गरेको थियो । उनलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा पक्राउ गरिएको बताइएको छ ।

यसअघि अदालतले उनलाई पहिलो पटक चार र दोस्रो पटक तीन दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको थियो ।