१८ बैशाख २०८३, शुक्रबार
आफ्नै बाबुको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ परेका छ्न्। रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौंदेखि रहस्यमा रहेको हृदयविदारक पारिवारिक हत्याकाण्ड सार्वजनिक भएको छ ।
आर्थिक संकट,ऋणको चाप र जग्गा विवादबाट छुटकारा पाउने उद्देश्यले महोतोले योजनाबद्ध रूपमा आफ्नै बाबुको हत्या गरेका थिए। बाबु सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

