ओमानविरुद्ध आसिफको अर्धशतक

होमल्याण्ड खबर

२०८३ बैशाख २२ गते, मंगलवार ११:१६ मा प्रकाशित

आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपालका ओपनर ब्याटर आसिफ शेखले अर्धशतक बनाएका छन् । आसिफले ६६ बलमा ५ चौका र १ छक्कासहति अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय आसिफको यो चौधौं अर्धशतक हो ।

आसिफले जारी श्रृंखलाको तेस्रो खेलमा प्लेइङ ११ बाट बाहिर रहेका थिए । उनले आजको खेलमा पुनः प्लेइङ ११ मा स्थान बनाएका थिए । उनले दोस्रो विकेटका लागि वान डाउन आएका अर्जुन कुमालसँग ८९ रनको साझेदारी बनाउँदै खेलिरहेका छन् । पहिलो ओभर आसिफले मेडन खेले ।

दोस्रो ओभरको पहिलो बलमा विनोद भण्डारी गोल्डेन डक भए । उनी कभरमा क्याच भएका हुन् । त्यसपछि ९.४ ओभरमा क्याच छुट्यो । वसिम अलिले अर्जुन कुमालको क्याच छुटाए । अर्जुन ७ रनमा खेलिरहँदा उनी सटथर्डमा अलिले छुटाउँदा उनले जीवनदान पाए । १० ओभरको पहिलो पावरप्लेमा नेपालले १ विकेटको क्षतिमा २९ रन बनाएको थियो ।