प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ

होमल्याण्ड खबर

२०८३ बैशाख २३ गते, बुधबार १४:५४ मा प्रकाशित

प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-८ बस्ने १९ वर्षीय विश्वास परियार रहेका छन् ।

ठोरी गाउँपालिका-१ चौताराचोकमा प्रहरीको नियमित चेकिङ टोलीले ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा।प्र।३(००१ ख २६०४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनले पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखिएको कालो प्लाष्टिकभित्र ल्याबोरेट लेखिएको नीलो रंगको लागूऔषध जस्तो देखिने क्याप्सुल ४७५ थान बरामद गरेको छ र

बरामद लागूऔषधसहित नियन्त्रणमा लिई परियारमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।