१ जेष्ठ २०८३, शुक्रबार
नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ । अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको समितिले जनाएको छ ।


अनलाइन अद्यावधिकका क्रममा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ। त्यस्तै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने जनाइएको छ । सोही नम्बरमा फोन गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै अद्यावधिक फारम भर्ने सुविधा समेत उपलब्ध गराइएको समितिले जनाएको छ ।
विदेशस्थित नेपाली कांग्रेससँग आवद्ध ‘नेपाली जनसम्पर्क समिति’हरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।