सबैलाई समेटेर लैजान्छौँ : सभापति गगन थापा

होमल्याण्ड खबर

२०८३ जेष्ठ ३ गते, आईतवार १६:३५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १४औँ महाधिवेशनमा निर्वाचित भएर बाहिर रहेका नेताहरूलाई केन्द्रीय समितिमा समेट्न चाहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “१४औँ महाधिवेशनमा निर्वाचित धेरै नेताहरू बाहिर हुनुहुन्छ । म सबैलाई समेटेर लैजान चाहन्छु । जो चाहनुहुन्छ उहाँलाई मानका साथ वरिष्ठ नेता बनाएर लैजानुपर्नेलाई वरिष्ठ नेता नै बनाएर सँगै लिएर काम गर्न चाहन्छु ।”

सदस्यता समिति, अनुशासन समितिको काममा विश्वास नलागे सँगै रहेर काम गर्न उनले असन्तुष्ट पक्षलाई आग्रह गरे । “आउनुस् बस्नोस् । सदस्यका कुरा गरौँ,” उनले थपे ।

लबदष्
िविशेष महाधिवेशनमा भाग लिएको र नलिएको आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने र निर्णयहरू नहुने उनले स्पष्ट पारे । उनले भने, “पार्टीका निर्णयहरू चाहे त्यो प्रादेशिक सरकारका बारेमा होस्, चाहे संसदीय दलको बारेमा, स्थानीय सरकार र भ्रातृ संस्थाका बारेमा होस्, एउटा निर्णय पनि विशेष महाधिवेशनमा भाग लिएको थिएन भन्ने आधारमा हुँदैन ।”

कांग्रेसका सक्रिय सदस्यलाई सदस्यता निरन्तरताका लागि फोन, मेसेन्जर वा भौतिक उपस्थितिकै व्यवस्था गरे पनि पार्टी सकाउने आरोप लागेको उनको भनाइ थियो । अद्यावधिक नगर्ने आह्वानका लागि लहर चलेको भन्दै उनले ३० वर्षमुनिकालाई खोजी खोजी सदस्य बनाउन आग्रह गरे ।

कांग्रेसभित्र महिला दलित र मधेसी दलितको संख्या कम भएको भन्दै समावेशी तवरले सदस्यताका लागि आह्वान समेत गरे । पार्टीलाई कार्यालय र भ्रातृ संगठनको इपिसेन्टरमा मात्र नराखेर समुदायमा जान चाहेको उनले स्पष्ट पारे ।