प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रस्ताव पेश हुँदै

होमल्याण्ड खबर

२०८३ जेष्ठ ६ गते, बुधबार १२:२४ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा  मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।