१३ जेष्ठ २०८३, बुधबार
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् ।
त्यसअघि बैठकमा बाेल्दै हर्कले प्रधानमन्त्री ल्याउन नसके आफूलाई बैठकबाट निकाल्न सभामुखसँग माग गरेका थिए । ‘यहाँले १५ (२) अनुसार जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागु गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले सदनको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु । दुईटामा एउटा माग गर्छु,’ उनले भनेका थिए ।


तर सभामुखले हिजो आफ्नो धारणा राखिसकेको भन्दै उनलाई बस्न आग्रह गरे । अन्ततः हर्क आफैँ बैठक छाडेर सदनबाट निस्किए ।