सर्वोच्च अदालतले भन्यो- गोलाप्रथाको विकल्प सोचिएको छैन

होमल्याण्ड खबर

२०८३ जेष्ठ १३ गते, बुधबार १४:५७ मा प्रकाशित

सर्वोच्च अदालतले केही वर्षदेखि इजलास र मुद्दा छनौट गर्न अपनाइएको गोला प्रक्रिया फेरबदल गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली फेरेर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भएको भनी केही दिनदेखि सामाजिक सञ्जालमा हल्ला चलेकाे थियाे । कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत त्यसबारेमा हल्ला चलेको भनी सर्वोच्च अदालतले बुधबार त्यसबारे स्पष्टीकरण दिएको हो ।