नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर, बाँकी जनस्तरमा बिक्री गर्ने

होमल्याण्ड खबर

२०८३ जेष्ठ १५ गते, शुक्रबार १६:५२ मा प्रकाशित

 सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत मात्रै सेयर कायम गर्ने बताएको छ ।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा ६६ प्रतिशत सेयर संघीय सरकारको राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बताए ।

प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने जानकारी दिए ।